पहिलो रात शारीरिक सम्पर्क गर्न खोज्दा पतिको लिंग नै उत्तेजित नभएपछि…

शंकाको वातावरण सिर्जना भयो । रुपलाई आफ्नो यौन लाचारीप्रति हिनताबोध हुन थाल्यो भने रुपालाई आफ्नो पहिलो यौन सुख नै लुटिएको पीडाले सताउन थाल्यो । उनलाई आफू अब आजीवन यौनसुखबाट बञ्चित पो हुने हुँ कि भन्ने डर पनि लाग्न थाल्यो । भर्खरै विवाह भएकाले एकले अर्कालाई चिन्न बाँकी रहेको अवस्थामै यी दम्पतिका अगाडि यो यौन समस्या ठूलो चुनौतीका रुपमा देखापर्‍यो ।
श्रीमानमा यौन उत्तेजना नहुने समस्या भएपछि नवदुलही रुपाकै आग्रह र सल्लाहमा उक्त जोडी परामर्श र उपचारका लागि पुतलीसडकस्थित आयुर्वेद क्लिनिक माता मनोकामना आरोग्य केन्द्रमा पुग्यो । क्लिनिकका यौन विशेषज्ञ डा. समन रुपाखेतीले उनीहरुको पृष्ठभूमि, पारिवारिक वातावरण र समस्यालाई बुझेर उचित यौन परामर्श दिएर पठाए । सोही रात यो जोडीले बल्ल यौनसन्तुष्टि प्राप्त गर्‍यो । अहिले उनीहरुमा यौन समस्या छैन । डा.रुपाखेतीका अनुसार भर्खरै बिहे गरेको यो जोडीलाई सांस्कृतिक उत्तरदायित्व र पारिवारिक निगरानीका कारण मानसिक र मनोवैज्ञानिक दवाव सिर्जना भएकाले यौन जीवनमा प्रभाव पारेको हो ।
नवविवाहित दम्पतिमा पुरुषलाई म आफ्नी पत्नीलाइ पूर्ण सन्तुष्टि दिन सक्दिन कि ? शीघ्र स्खलन पो हुने हो कि ? ओल्लोपल्लो कोठामा सुतेका परिवारका अन्य सदस्यले थाहा पाउने पो हुन् कि भन्ने मानसिक तनावले यौन समस्या देखिन्छ भने महिलामा मेरा पतिले अरुसँग पनि यौन सम्बन्ध गरेका छन् कि ? यौन सम्पर्क गर्दा दुख्ने पो हो कि ? यौन रोग पो सर्ने हो कि भन्ने आशंकाले समस्या उत्पन्न हुन्छ । सात वर्षदेखि सबै किसिमका यौन समस्याको उपचार गर्दै आएका डा. रुपाखेतीका अनुसार अचेल महिला आफ्ना पतिमा देखिएका यौन समस्या लिएर परामर्श गर्न आउने क्रम बढेको छ ।
दैनिक यौन समस्या लिएर यसरी आउने महिलामा अधिकाशं २० वर्षदेखि ३५ वर्ष उमेर समूहका विवाहित छन् । तर कतिपय अविवाहित युवती पनि आफ्नो यौन समस्या लिएर उपचारका लागि आउने गरेका छन् । अविवाहित युवती गर्भवती भएपछि वा आफ्नो केटा साथीसँग सम्बन्ध बिग्रिएपछि परामर्शका लागि आउने गर्छन् । कतिपय पति विदेश भएका महिला पनि आफ्नो यौन चाहना कसरी पूरा गर्ने वा विवाहेत्तर सम्बन्ध बनाउँदा कसरी सुरक्षित रहने भन्ने परामर्श लिन आउँछन् । डा. रुपाखेतीका अनुसार परामर्श र उपचारका लागि केन्द्रमा आउनेमा धेरै जसो पुरुषलाई शीघ्र स्खलन र यौन उत्तेजना नहुने समस्या पाइन्छ भने महिलालाई पतिको त्यही समस्याले आफूमा यौन सन्तुष्टि नभएको पाइन्छ । उनले पतिमा यौन समस्या देखिएपछि पीडित पत्नी आफैं परामर्श र उपचारका लागि चिकित्सककहाँ आउने गरेको बताए । यो क्रम विगत वर्षका क्रमश बढ्दो छ ।
डा. रुपाखेतीले भने, ‘यहाँ आउने विवाहित महिला स्वयं नै डाक्टर सा’व मेरो श्रीमान्को यौन उत्तेजना नै हुँदैन, यौन सन्तुष्टि नै हुँदैन, किन होला ? भनेर प्रश्न गर्छन् । उनीहरुले समाधानको उपायबारे पनि पूर्ण जानकारी माग्छन् ।’ बदलिँदो समय र यौन शिक्षाको प्रभावसँगै महिलामा पनि यौन अधिकार र सन्तुष्टिबारे चेतना वृद्धि भइरहेको डा. रुपाखेतीले बताए । विवाहितमध्ये एकजनालाई मात्र यौन रोगको लक्षण देखापरेमा पनि दुवैजनालाई उपचार गराउनु आवश्यक रहेको पनि उनी बताउँछन् । ‘महिलामा यौनांगबाट सेतोपानी बग्ने समस्या भएमा उसले मात्र औषधि सेवन गरेर हुँदैन, किनभने पत्नीको रोग पतिलाई पनि सरिसकेको हुनसक्छ । त्यसैले यस्तो अवस्थामा पतिपत्नी दुवैले औषधि सेवन गर्नुपर्छ,’ उनले भने । डा. रुपाखेतीका अनुसार पतिलाई अति यौनइच्छा हुने तर पत्नीलाई यौनइच्छा नै नहुने समस्याले पनि धेरैजसो विवाहित जोडी प्रभावित देखिन्छन् ।
यसमा पनि एकजनाले मात्र परामर्श वा उपचार गरेर यौन समस्या पूर्ण रुपमा समाधान हुन सक्दैन । ५० वर्ष कटेका प्रौढ पनि यौन समस्या लिएर आउने गरेको उनले जानकारी दिए । यस्ता प्रौढमा शीघ्र स्खलन, लिंग उत्तेजित नहुने, थकान आदि समस्या देखिन्छ । कतिपय एकल महिला अति यौन चाहना हुने समस्या कसरी समाधान गर्ने भन्दै परामर्श लिन आउँछन् भने कतिपय एकल महिला यौन चाहना भएन भन्दै पनि परामर्श लिन आउने गरेका छन् । महिलामा प्रायजसो महिनावारी बन्द भएपछि यौन इच्छामा पनि परिवर्तन आउने विशेषज्ञले बताएका छन् । यस्तो अवस्थामा अति यौनइच्छा हुने

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses